१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतबाट उद्धार गरिएका महोत्तरीका ७ किशोरी परिवारको जिम्मा लगाईयो


0
Shares

काठमाडौं । भारतबाट उद्धार गरी ल्याइएका सात जना बालिका तथा किशोरीलाई परिवारको जिम्मा लगाईएको छ ।

घाँस काट्न गएको बेला बेपत्ता भएका महोत्तरीको भंगाहा नगरपालिका ८ धरमपुरका सात जना बालिका तथा किशोरीलाई गएराति भारतको सितामढीबाट नेपाल ल्याईएको थियो ।

भारतको रेल्वे पुलिसको सहयोगममा उद्धार गरिएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवानलाई आज बिहानसम्म महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरीको निरगरानीमा राखिएको थियो ।

घाँस काट्न भनेर मंगलबार दिउँसो घरबाट निस्किएका उनीहरू एकाएक सम्पर्कविहीन बनेका थिए । उनीहरुलाई भारत पु¥याउने गिरोहको खोजी भईरहेको छ ।