
काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाईरस विरुद्धको इन्सिडेण्ट कमाण्ड सिस्टमको बैठकले सो खोप ४० देखि ५९ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरिएको हो ।
यसका लागि अस्पताल छनोट गरी पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने सरकारले जनाएको छ ।
चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त खोप यही चैत १६ गते चीनबाट नेपाल ल्याइएको हो ।
नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप मौज्दात रहेको छ ।
भारतबाट प्राप्त एस्ट्राजेनेका खोपको पहिलो डोज लगाईएका मानिसलाई कहिलेबाट दोस्रो डोज दिने भन्ने अहिलेसम्म निश्चित भएको छैन ।
प्रतिक्रिया दिनुहोस्