
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
आज पार्टी कार्यालय परेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो ।
शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर सरकारलाई दिएको समर्थन बारे निर्णय लिने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निक्र्यौल गर्न दलहरुले केही समय मागेकाले समर्थन फिर्ताबारे निर्णय नभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्