
भक्तपुर । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुलीका सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुलीका मसेली भन्ने सुहाना तामाङ, नुवाकोटकी मुना थापा मगर, काठमाडौंका प्रकाश ढुंगेल र राज कुमार सुनार रहेका छन् ।
पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते श्याम कुमार भट्टराईसँग मिलेर सुहाना तामाङले लिएर गएको र माकलबारीस्थित फ्ल्याटमा राखी त्यहाँबाट होटलमा पु¥याएर ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको जाहेरी प्रहरीमा दर्ता गराएका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सुरुमा सुहाना र श्यामलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकालाई जबरजस्ती करणी भएको खुल्न आएपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राज कुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सुहानाले युवतीहरूलाई काम लगाइ दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पुर्याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने गरेको खुल्न खाएको प्रहरीले जनाएको छ ।
शारीरिक सम्बन्ध राख्न अनिच्छुक भएको अवस्थामा धाकधम्की दिई भाग्न उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको खुलेको छ । सोही क्रममा पीडित मध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भएकी थिइन् । पीडितका अभिभावकले प्रहरीमा खबर गरेपछि समूहको बारेमा पत्ता लागेको हो ।
पक्राउपछि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्