२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुन तोलामा नौ सयले बढ्यो


0
Shares

काठमाडौं । सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ ।

आजका लागि तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।