५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


उदयपुर गढी ओझेलमा


0
Shares

उदयपुर । सरकारले छनौट गरेको एक सय एक पर्यटकीय गन्तव्य स्थलको रुप रहेको उदयपुर गढी ओझेलमा परेको छ ।

उदयपुरमा रहेको यो गढी सरकारी बेवस्ताका कारण ओझेलमा परेको हो । प्रदेश एकको प्रमुख पर्यटकीय स्थल यो गढीको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरु जिर्ण बन्दै गएका छन् ।

लामो समयसम्म प्रशासनिक इकाइ र जिल्ला सदरमुकामको रुपमा रहेको गढीको संरक्षणमा स्थानीय सरकारलेसमेत चासो नदिँदा गढीको सुन्दरता ओझेलमा पर्दै गएको हो ।

गढीको संरक्षणका लागि पर्खालले घेरिएको भएपनि अहिले पर्खाल भत्किएको छ ।

धार्मिक आस्थाको केन्द्र पँचावति भगवती मन्दिर, गणेश मूर्ति, सयौ वर्ष अगाडिको वरको रुख आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक मानिन्छ ।