
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेनृत्वमा रहेको पूर्ण इजलासले बिहीबार सुनुवाई गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिनुभएको निवेदनमा पुनरावलोकन नहुने आदेश दिएको हो ।
राणा नेनृत्वको पूर्ण इजलासमा तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना हुनुहुन्छ ।
अदालतको फैसला अघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूह एक भएर पार्टीबाट प्र्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निकाल्न लागिपरेका थिए ।
अझै पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेका नेता नेपाल वैचारिक रुपमा एक रहनुभएको पाइन्छ । उहाँहरू ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट निकाल्ने सुरमा हुनुहुन्छ ।
सर्वोेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलको भएको भन्दै एमाले र माओवादी केन्द्रलाई व्यूँतााइदिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पटक–पटक पुनरावलोकनमा जाने बताउँदै आउनुभएको थियो । यद्यपि एमाले नेता नेपाल भने पुनरावलोकनमा नजाने निर्णय गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्