१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठूलोभर्‍याङमा तीनवटा सवारी ठोक्कियो, एक जनाको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ ठूलोभर्‍याङमा तीनवटा सवारी एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा छाउनी बस्ने १९ वर्षीय सुजन बज्राचार्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका बज्राचार्यलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे ३० मिनेटपछि डाक्टरले मृत घाेषणा गरेकाे महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयाे ।

यद्यपि बज्राचार्यको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीको बताउछन् । एक प्रत्यक्षदर्शीले ईमेजखबरलाई दिएको जानकारीअनुसार मृत्यु भएको १० मिनेटसम्म पनि बज्राचार्यको शव उठाइएको थिएन ।

ट्याक्सी र गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।