१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ लाखमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने माछापोखरीबाट पक्राउ


0
Shares

काठमाडौं । वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख उठाएर ठगी गर्ने अमित भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

९ लाख ठगी गरेको भन्दै दुई युवकले दिएको उजुरीको आधारमा भुजेललाई माछापोखरीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका-८ २३ वर्षीय भुजेलले २ वर्ष समयको लागि १०५ दिनभित्रमा प्रक्रिया पुर्याएरै अष्ट्रेलिया पठाईदिन्छु प्रतिव्यक्ति ६ लाख लाग्छ ठगेको पीडितहरूको आरोप छ ।

भुजेललाई थप अनुसन्धान र कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।