१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा


0
Shares

weather

काठमाडौं । देशका पहाडी क्षेत्रमा आंशिक बदली भएर मेघ गर्जनसहित केही स्थानमा हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाअनुसार काठमाडौंको मौसम सामान्यतया सफा रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।