२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मड्रिडका कप्तान रामोसले लिभरपुलविरुद्धको खेल खेल्न नपाउने


0
Shares

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलविरुद्धको खेल खेल्न नपाउने भएका छन् ।

चोटका कारण रामोसले इन्ग्लिश क्लब लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुवै लेग गुमाउने भएका हुन् ।

३५ वर्षीय डिफेन्डर रामोसले विश्वकप छनौटको दौरान चोट बोकेका हुन् । उनले पीडुलाको चोट बोकेको बताइएको छ ।

विश्वकपको युरोपियन छनौट अन्तर्गत कोसोभोविरुद्धको खेलमा रामोसले चोट बोकेका हुन् ।

उक्त खेलमा स्पेनले ३–१ को जित निकालेको थियो । रियलले लिभरपुलसँग क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ मा आफ्नै मैदानमा खेल्नेछ ।

यस्तै अप्रिल १४ मा दोस्रो लेग खेल उसैको मैदानमा खेल्नेछ ।