
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या यो वर्षको सबैभन्दा धेरै हो ।
हिजो ७१ हजार १८१ जनामा सक्रमण पुष्टि भएकोमा थियो । केही दिनयता भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख नाघेको छ ।
कोरोनाका कारण १ लाख ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार नाघेकोछ । संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम पनि प्रभावकारी नदेखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्