
बारा । बारामा प्रहरीबीच आपसमा असन्तुष्टी बढ्दै गएको छ । सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि बारा जिल्ला नछाडे पछि जिल्लाकै प्रहरी भित्र असन्तुष्टि बढ्दै गएको हो ।
सुरक्षा संवेदनशिलतासँंगै तस्करीको मुख्य बिन्दु पर्ने जिल्लाका ११ स्थानको प्रहरी युनिटको इन्र्चाज वर्षौंदेखि अन्यत्र सरुवा भएका र काज मिलान गरी बसेपछि प्रहरी भित्रै असन्तुष्टि बढेको हो ।
प्रदेशमै धेरै हत्या, हिंसा र तस्करी हुने बारामा ११ स्थानमा युनिट भएकाले प्रहरीले यो ठाउँलाई आम्दानीको दृष्टिकोणले रुचाउने गर्दछन् ।
जिल्लाको बसन्तपुर, मर्टिहबा, कोर्चोबा, छतबा, जैतापुर, परबानीपुरलगायतका बोर्डर र युनिटमा रहेका चौकीहरुमा जिल्लामा जो कोही प्रहरी प्रमुख आए पनि सरुवा भएका स्थानमा रमना नगरी उनिहरुलाई नै निरन्तरता दिने गरीएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले दक्ष प्रहरी अधिकृतहरु नभएर जनशक्तिको अभावमा सरुवा भएर पनि कमैलाई मात्रै रमना गरीएको बताउनुभयो ।
जिल्लाका प्रहरी प्रमुख बाहेक प्रदेश अनि शक्ति केन्द्रबाट समेत आफ्नो नजिकका इन्चार्ज राख्न जिल्ला प्रमुखलाई दबाब पर्ने गरेको जिल्ला प्रहरीको उच्च श्रोतले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जिल्लाको विषयमा सम्बन्धित जिल्ला प्रमुखले हेर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्