१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यलय सानेपामा दिउँसो २ बजे समितिको बैठक बस्न लागेको हो ।

बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेश गर्नेछन् ।

छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।