
एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् ।
फ्लोरिडामा शुक्रबार बिहान भएको खेलमा युक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै बार्टी उपाधि नजिक पुगेकी हुन् । बार्टीले पाँचौं वरीयता प्राप्त इलिनालाई ६–३ र ६–३ को सेटमा पराजित गरिन् ।
२४ वर्षीय अष्ट्रेलियन खेलाडीले इलिनाविरुद्ध जित निकाल्न १ घण्टा २७ मिनेटको समय निकालिन् । साविक विजेता समेत रहेकी बार्टीले फाइनलमा मारिया सक्कारी र बियान्का एन्द्रेस्क्युबीचको विजेतासँग खेल्ने छिन् ।
कोरोना भाइरसको महामारीपछि बार्टीले पहिलो पटक विदेशी प्रतियोगिता खेलेकी हुन् । यस अघि उनले घरेलु भूमिमा अष्ट्रेलियन ओपन खेलेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्