
रसुवा । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक चरणको तयारी सुरु भएको छ ।
शुक्रबार जिल्लामा कार्यालय स्थापना गरी आवश्यक तयारीको प्रक्रिया सुरु गरिएको जनगणना कार्यालय रसुवाका प्रमुख कपिल धितालले जानकारी दिनुभयो । जनगणनाका लागि जिल्लाका २७ वटा वडामा ७८ जना गणक र २१ जना सुपरिवेक्षक परिचालन हुनेछ ।
सुपरिवेक्षकहरुलाई आगामी बैशाख १६ देखि २२ गतेसम्म तालिम प्रदान गरिने धितालले बताउनुभयो । बैशाख २६ देखि जेठ १४ सम्म घरपरिवार सुचीकरण कार्य गरिने भएको छ । जेठ १७ देखि २२ सम्म गणकहरूलाई तालिम प्रदान गरिने भएको छ ।
गणनाको कार्य भने जेठ २५ देखि असार ८ गतेसम्म हुने जनाइएको छ । आगामी असोज मसान्तसम्ममा प्रारम्भिक नतिजा सार्वजनिक गर्ने र २०७९ बैशाखमा अन्तिम नतिजा सार्वजनिक गरिने राष्ट्रिय जनगणना कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्