१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरपालिका र ल्याण्ड फिल्ड साइटका स्थानीयबीच सहमति, फोहोर विसर्जनको अवरोध हट्यो


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच सहमति भएपछि अवरोध हटेको छ ।

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

फोहोर विसर्जनमा अवरोध भएपछि शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुखसहितको छलफलमा उनीहरूका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न सहमत भएका छन् ।

छलफलका क्रममा उनीहरुका माग सम्बोधनका लागि प्रमुख विद्यासुन्दर शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने उहाँले प्रतिबद्धता गर्नुभयो ।

स्वास्थ्य सम्बन्धिका बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उहाँको भनाइ छ । छलफलमा सहभागी ककनी गाउँपालिका वडा–३ का अध्यक्ष घननाथ बजगाईँले फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिनुभयो ।