
एजेन्सी । इटालियन क्लब युभेन्टसका तीन जना खेलाडीले आज राति हुने ए सिरिजअन्र्तगत तोरिनोसँगको खेल खेल्न नपाउने भएका छन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्रशिक्षक आन्द्रेया पिर्लोले तीन खेलाडीलाई टिम बाहिर राखेपछि उनीहरुले खेल्न नपाउने भएका हुन् । वेस्टन म्याकिनी, पाउलो डिबाला र अर्थर आजको खेलमा सहभागी नहुने भएका छन् ।
अमेरिकी मिडफिल्डर म्याकिनीले गएको बुधबार डिनर पार्टी गरेर कोरोना भाइरस नियन्त्रणका लागि लागु नियम उल्लंघन गरेकाले क्लबले उनीहरुलाई कारवाही गरेको हो । सो पार्टीमा रहेका १० आमन्त्रित मध्ये अर्जेन्टिनी स्ट्राइकर डिबाला र ब्राजिलियन मिडफिल्डर अर्थर पनि थिए । इटालीमा अहिले राति १० देखि बिहान ५ बजेसम्मका लागि देशव्यापी कर्फ्यू छ ।
प्रतिक्रिया दिनुहोस्