
काठमाडौं । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारस्थित निवासबाटै स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्