६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मौसम सफा रहने, तुवाँलो हट्दै जाने


0
Shares

काठमाडौं । देशभर आजदेखि मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर पहाडी भूभागमा आंशिक बदली हुने अनुमान महाशाखाले गरेको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका केही भागमा मेघर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज काठमाडौंको मौसम सामान्यतया सफा रहनेछ । तुवाँलो पनि हट्दै जाने अनुमान समेत गरिएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।