१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्डद्वारा सार्वजनिक कार्यक्रममा हिन्दीमा सम्बोधन


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गर्नुभएको छ ।

कपिलवस्तुको तौलिहवामा कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा दाहाले हिन्दी भाषामा सम्बोधन गर्नुभएको हो ।स्थानीयलाई बुझ्न सजिलो होस् र भारतबाट आएको पत्रकारहरूको सजिलोका लागि आफूले हिन्दी भाषामा सम्बोधन गर्न लागेको बताउनुभयो ।

‘प्रचण्ड तौलिहवामा आएको कुरा लखनउसम्म पुगेछ, त्यहाँबाट केही पत्रकार साथीहरू पनि आउनुभएको होला,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको सजिलोका लागि र स्थानीयले पनि हिन्दी भाषा बोल्ने भएकाले मैले पनि हिन्दीमै आफ्ना धारणा राख्छु ।’