
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान पूर्ण नभएको बताउनुभएको छ ।
कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताउनुभएको छ । आफू पनि संविधानमा पूर्ण समर्थन नभए पनि अहिलको संविधानमा धेरै महत्त्वपूर्ण विषय भएको अध्यक्ष दाहालको भनाइ छ ।
‘संविधान पूर्ण छैन, मधेशी, दलित, महिला, जनजातीको अधिकारको विषय जति उल्लेख गरिनुपर्थ्यो, त्यति गरिएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण मैले असहमति राख्दै जनतासँग मिलेर सबै वर्गको हितको विषय समेटेर अघि बढ्ने शर्तमा संविधान घोषणा गरिएको थियो ।’
कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गर्नुभएको छ । पहिला पनि केपी ओलीले आश्वासन मात्र दिइराखेकाले अहिले पनि आश्वासन मात्र दिने बताउँदै उहाँले आफूहरूसँग एक भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष दाहालले कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्