१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात


0
Shares

काठमाडौं । ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा उपाधिको दावेदार मानिएको सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेको छ ।

एपीएफले उद्घाटन खेलमा प्रदेश एक महिला टिमलाई ८ विकेटले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६ रन बनायो ।

प्रदेश एकका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ४५ रन बनाइन् भने रोमा थापाले ३३ रनको योगदान गरिन् । बाँकी खेलाडी सस्तैमा आउट भए ।

जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ओपनरद्वय ज्योती पाण्डे र सीता रानामगरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । एपीएफका लागि सीताले अविजीत ५२ रन बनाइन् । उनले ४९ बलमा अर्धशतक पुरा गरिन् ।

जारी प्रतियोगिताको पहिलो खेलमा नै सीताले अर्धशतक बनाउन सफल भइन् । यस्तै इन्दु बर्मा आठ रनमा अविजित रहिन् । बलिङमा रविना क्षेत्री र संगिता राईले एक–एक विकेट लिए ।