
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणको प्रिक्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडकहरूको शिलान्यास गर्दै उहाँले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानविन गर्ने र निक्र्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेकोमा आपत्ति जनाउनुभयो ।
विकास निर्माणका काममा अवरोध हुँदा त्यसले बहुआयामिक क्षति पुर्याउने भएकाले त्यसतर्फ सबै जिम्मेवार निकाय गम्भीर हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ । राज्यका अधिकारप्राप्त निकायले स्थगत आदेश दिँदा विकास निर्माणका कामहरूमा प्रतिकुल असर पर्न नहुने र कामचालु राखेर छानविन गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्