१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भारतमा माओवादी र सुरक्षाकर्मीबीचकाे मुठभेडमा पाँच जवान मारिए


0
Shares

एजेन्सी । भारतको छत्तीसगढमा बिद्रोही माओवादीसँग भएको भएको मुठभेडमा पाँच प्रहरी जवानको मृत्यु भएको छ । मुठभेडमा कैयौं घाइते भएका छन् ।

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड सुरु भएको हो ।

अभियानमा केन्द्रीय रिर्जव पुलिस बलको कमाण्डो, बटालियन फर रिजोलुसन एक्सन युनिट, जिल्ला रिर्जव गार्ड र स्पेशल टास्क फोर्सको जवान पनि सहभागी थिए ।

माओवादी र सुरक्षाकर्मीबीचको मुठभेड तीन घण्टासम्म चलेको समाचारमा उल्लेख छ ।