१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाँकेमा आगलागी, ५० घर जले


0
Shares

बाँके । नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा ५० वटा भन्दा बढी घर जलेका छन् । शनिबार भएको आगलागीबाट गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ ।

आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।

नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए । बाँकेको राप्तीपारीमा हरेक वर्षजसो आगलागीका घटना हुने गरेका छन् ।

आगलागीको कारण र क्षतिको विवरण संकलनको तयारीमा प्रहरी लागेको छ ।