
काठमाडौं । दुई सातायता उदयपुरका सामुदायिक र सहकारी वनमा लागेको डढेलोबाट करोडौं रुपैयाँ मूल्यबराबरको काठ नष्ट भएको अनुमान गरिएको छ । डढेलोबाट लाखौं बोटबिरुवा पनि नष्ट भएका छन् ।
सूरुमा सदरमुकाम आसपासको जंगलमा डढेलो लागेको थियो । जिल्लका झन्डै तीन सय सामुदायिक र सरकारी वनक्षेत्रमा लागेको डढेलोले फैलिएकाले क्षतिको यकिन विवरण संकलन हुन सकेको छैन ।
उदयपुरमा डिभिजन वन कार्यालय गाईघाटमातहत एक सय चार र डिभिजन वन कार्यालय कटारीमातहत एक ५७ सामुदायिक वन उपभोत्ता समूह छन् । जसमध्ये झन्डै तीन सय हाराहारी वनमा डढेलो लागेको छ।
डढेलोले ढलापडा, सुकेका खडा काठ र लाखौं बोटबिरुवा सआप पारेको जनाइएको छ । जंगलमा रहेका वन्यजनतु तथा चराचुरुंगी पनि डढेको चपेटामा परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए ।
प्रतिक्रिया दिनुहोस्