
web pic
गोरखा । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
गोरखाको बारपाकबाट काठमाडौं आउँदै गरेको जीप बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा वागेश्वरी मावि बिचौरका शिक्षकहरु रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो । जिपमा सवार ९ जनामध्ये ७ जना घाइते भएका छन् ।
घाइते २ जनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्