७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सदस्यहरु बाहिर रहेका कारण माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजेका बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभयाे।

बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुन लागेकाे थियाे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेसंगै पार्टीले अब लिने रणनीतिका सन्दर्भमा छलफल हुने बताइएको थियाे ।