८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


विश्वविद्यालय अब अनुसन्धान र अन्वेषणको प्रमुख केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन ९ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयलाई अध्ययनको मात्र नभई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको काठमाडौमा उद्घाटन गर्दै उनले अबको विश्वविद्यालय अनुसन्धान र अन्वेषणको प्रमुख केन्द्र बन्नु पर्नेमा जोड दिए ।

अहिलेको आवश्यकता सैद्धान्तिकभन्दा ब्यवहारिक शिक्षा भएको भन्दै उनले ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नु पर्ने पनि उनको भनाइ थियो । 

विश्वविद्यालयका सहकुलपति शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले शिक्षा क्षेत्रलाई वैज्ञानिकीकरण गर्दै लैजाने नीति सरकारले अवलम्बन गरेको बताए ।

उनले शिक्षाबाट कसैलाई बञ्चित हुन नदिन सरकारले बालबालिका भर्ना अभियान तीब्र बनाएको पनि बताए ।

बैठकले लुम्बिनी विश्वविद्यालयको बजेट र कार्यजोजना पारित गर्नेछ ।