
काठमाडौं । पक्की घरभन्दा धेरै फुसका झुप्रा भएका नरैनापरको खोदवामा आइतबारको दृश्य अलि फरक थियो । बाँकै सदरमुकाम नेपालगन्जबाट ४० किलोमिटर दूरी पार गरेपछि पुगिने यो बस्तीमा फसका झुप्रा निकै कम देखिन्थे ।
झुप्राका काला भग्नावशेषमा केही गाउँले खरानीका थुप्रोमा केही सामान भेटिन्छ कि भन्दै खोज्दै थिए । भग्नावशेषमा खटिया हालेर बसेका केही भने घरसँगै भकारीमा डढेर खानै नमिल्ने भएको अन्न हेर्दै टोलाइरहेका देखिन्थे ।
केहीचाहीँ विस्थापितका लागि लहरै उभ्याइएका नीला टेन्टबाट भित्र-बाहिर गर्दै थिए । बाँकेको नरैनापर गाउँपालिका – ४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा १ सय २० वटा घरटहरा ध्वस्त भएका थिए । फकिर आँको गोठबाट सुरु भएको आगोले कहीबेरमै बस्तीका अधिकांश झुप्रालाई खरानी बनाएको थियो । भागदौडमा ४ जना गाउँले घाइते पनि भए ।
प्रतिक्रिया दिनुहोस्