
काठमाडौं । सर्लाही, लालबन्दीको २५ वर्षीया सोनु यादव (परिवर्तित ना) मधुमेह रोगी हुन् । मिर्गौलासमेत बिग्रिएर वीर अस्पतालमा डायलसिस सुरु गरेपछि डाक्टरले उनलाई वडाको सिफारिस ल्याए निःशुल्क हुने बताए ।
तर उनले आमाको नामबाट नागरिकता बनाउन पाउँ भन्दै सर्वोच्चमा दायर गरेको रिटको पेसी आउँदो असार १ गतैमात्रै छ । त्यसैले नेपाली भइकन पनि उनले राज्यले दिने सुविधा पाउन सकिनन् । नागरिकता नभएकै कारण रोजगारीसमेत नपाएकी उनले यसकै कारण राज्यले दिने स्वास्थ्य सुविधाबाट पनि वञ्चित हुनुपर्यो । नागरिकतामात्रै भइदिएको भए साताको दुईपटक डायलसिस गर्दा वीर अस्पताललाई तिनुपर्ने ८ हजार शुल्क मिनाहा हुन्थ्यो ।
काठमाडौं फर्पिङकी २८ वर्षीया सोनिका लामा (परिवर्तित नाम) लाई ६ महिनाअघि उनी कार्यरत ससेज फ्याक्ट्रीले कामबाट निकालिदियो । बुबाको पहिचान नभएको भन्दै राज्यले नागरिकता नदिँदाको पीडा त छँदै थियो, तलब बैंक खातामै हालिँदिने र त्यसका लागि अनिवार्य प्यान कार्ड चाहिने राज्यकै नीतिका कारण उनले जागिर गुमाइन् । सोनुलाई अहिले जीवन चलाउन थप मुस्किल परिरहेको छ।
प्रतिक्रिया दिनुहोस्