
काठमाडौं । भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखियो ।
जलेश्वरस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त चिनीको उपभोग गर्ने म्याद नाघेको भन्दै प्रतिवेदन बुझायो । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी तत्कालीन महानिर्देशक डा. मनिता वैद्यले उक्त प्रतिवेदनविपरीत योग्य भनेर प्रमाणित गराईदिइन् ।
केषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त विषयमा छानबिन गर्न तत्कालीन सहसचिव डा. नारायण रेग्मीको संयोजकत्वमा समिति गठन गर्यो । समितिले विभाथकी महानिर्देशक डा.वैद्यले जानाजान गम्भीर प्रकृतिको लापरवाही र त्रुटी गरेको प्रतिवेदन दियो ।
प्रतिक्रिया दिनुहोस्