
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि लागेको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । ७१ वर्षीय नेतान्याहूविरुद्ध तीन वटा मुद्दा दायर गरिएको बीबीसीले जनाएको छ ।
यसअघि पनि सो मुद्दाको सुनुवाइ भएको थियो । तर नेतान्याहूले आफूमाथि लागेको आरोप भने अस्वीकार गर्दै आएका छन् । कोरोना महामारीका कारण नेतान्याहूको मुद्दाका सुनुवाइमा ढिलाइ भएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्ला दुई वर्षमा भएका चार वटा निर्वाचनमा कसैले पनि स्पष्ट बुहमत ल्याउन नसकेकाले इजरायल राजनीतिक संकटमा रहेको बताइएको छ । नेतान्याहूविरुद्दको मुद्दामा तीन जना न्यायाधीहरुको संयुक्त बेन्चमा सुनुवाइ हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्