१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्यान्चेस्टर युनाईटेडद्धारा ब्राइटन पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको छ ।

गएराति साउथह्याम्पटनले बर्न्लेमाथि ३–२ को जित निकाल्दा एस्टन भिल्लाले फुल्हमलाई ३–१ ले हरायो । इंग्लीश प्रिमियर लिगमा गएरातिका खेलहरुपछि ३१ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।

३० खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ । ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने पाँचौ स्थानको टोटनह्यामको ४९ अंक भएको छ ।