
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले यस वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथ तान्न रोक लगाएको छ । कोरोना महामारी जारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथमा नियमित पूजा मात्रै गर्न पाउने निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण गएको वर्ष पनि बिस्केट जात्रा रोकिएको थियो । यो वर्षको जात्राका लागि अहिले प्यागोडा शैलीको तीन तले भैरवको रथ निर्माणको काम जारी छ । तर यही बेला प्रशासनले लिंगो उठाउन र रथ तान्न नपाउने गरि रोक लगाएको हो ।
जात्राबारे अन्तिम निर्णयका लागि आज गुठी संस्थानसँग कुराकानी हुने प्रमुख जिल्ला अधिकारी प्रमेप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थानीय सरोकारवालासँग पनि परामर्श गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ८ दिन ९ रातसम्म चल्ने बिस्केट जात्रा यहि चैत २८ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्