१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा हेमन्त दुमि


0
Shares

काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रीय अध्यक्ष पदका लागि हेमन्त दुमि निर्वाचित हुनु भएको छ।

महासंघको पाँचौ महाधिवेशनल दुमीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा मुलुवा नर्सिङ, संघीय उपाध्यक्षमा हिलारी बन्घु भुजेललाई चयन गरेको छ ।

त्यसैगरि संघीय महिला उपाध्यक्षमा मन्जु थापा , महासचिवमा किरण श्रेष्ठ, चयन हुनु भएको छ । भने उपमहासचिव रक्षा गुरुङ र कोषाध्यक्षमा मान बहादुर सुनवार चयन हुनु भएको हो । महासंघले पार्टी, जात भन्दा माथि रहेर युवा शत्तिले काम गर्ने नयाँ नयाँ नेतृत्वले बताएको छ।