८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘फोरजी’ सेवा विस्तार, सुरुआतमै प्रधानमन्त्री–मुख्य मन्त्रीहरुबीचको संवादमा समस्या


0
Shares

काठमाडौं, असोज १५ । नेपाल टेलिकमले मोबाइल टेलिफोनको ‘फोरजी’ सेवा विस्तार गरेको छ ।

यसअघि, काठमाडौं, पोखरालगायतका सहरमामात्र सीमित रहेको यो सेवा सातओटा प्रदेशका ५० भन्दा बढी सहरहरुमा विस्तार गरिएको हो ।

बुधबार राजधानीमा गरिएको तामझामपूर्ण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी सेवा विस्तारको शुभारम्भ गरे ।

प्रधानमन्त्री ओलीले सातओटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘भिडियो कन्फरेन्स’ गरी सेवा विस्तारको सुरुआत गरेका हुन् ।

तर, फोरजी सेवाको नेटवर्क राम्रोसँग नटिप्दा गन्डकी प्रदेशबाहेक अन्य प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्स अस्पट रह्यो ।

मुख्यमन्त्रीहरुले बोलेका कुरा प्रधानमन्त्री ओलीले बुझ्न सकेनन् भने दुवैतर्फबाट पटक–पटक बुझाउने कोसिस गर्नुपरेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल’ बनाउने अभियान अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले कुनैपनि निर्माणको काममा विलम्ब हुँदा सरकारलाई नै घाटा हुने भन्दै त्यस्ता व्यवधान हटाइ समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

कार्यक्रममा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम फाइदामा मात्रै नभइ हरेक नागरिकको पहुँचमा पुर्‍याइनुपर्ने बताए ।

नेपाल टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले चुनौतीपूर्णरुपमा काम गर्दै सातओटै प्रदेशका विभिन्न सहरहरुमा फोरजी सेवा पुर्‍याएको बताए ।