
एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा बार्सालाई विजयी गराउन खेलको अन्तिम मिनेटमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे ।
यसअघि ७९औं मिनेटमा भालाडोलिडका प्लानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो । यो जितसँगै बार्सिलोनाले स्पेनिस लिगको तालिकामा शिर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको दूरी एक अंकमा सिमित गरेको छ । २९ खेलबाट एथ्लेटिको मड्रिडको ६६ अंक छ भने बार्सिलोनाको ६५ तथा रियाल मड्रिडको ६३ अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्