
काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ ।
माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो ।
उनीहरुलाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको र आजै बुझाउने संभावना रहेको माओवादी उच्च स्रोतले जनाएको छ ।
थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री बनेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्