
काठमाडौं । ईमेज च्यानल ग्रुप अफ कम्पनीले अपराध र फिक्सनसँग सम्बन्धित कार्यक्रम ‘क्रिमिनीलोजो’ सञ्चालन गर्ने भएको छ ।
कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरेर कार्यक्रम सञ्चालनबारे सम्झौत पत्रमा हस्ताक्षर गरेको छ ।
भारतीय सिरियलमा काम गरिसक्नु भएका अनुभव प्राप्त डाइरेक्टर कुन्दन शासनकरको लेखन तथा निर्देशन रहने छ । सम्झौता पत्रमा हस्ताक्षर गदै च्यानलका कार्यक्रम महाशाखाका प्रमुख सुरेश शर्माले कार्यक्रमकोबारे जानकारी दिनु भएको थियो ।
बिग बजेटमा बन्न लागेको सो कार्यक्रममा नयाँ प्रस्तुती देख्न सकिने र त्यसका लागि कलाकार छनौटको काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रम ईमेज च्यालनमा छिटै प्रसारण हुनेछ ।
कार्यक्रमका डाइरेक्टर शासनकरले ईमेज च्यानलसँग मिलेर काम गर्न पाउँदा निक्कै खुशी लागेको बताउनुभयो ।
समाजमा रहेका घटना तथा गतिविधिहरुलाई समेटेर कार्यक्रम बनाइने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्