१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पत्रकार महासंघ पर्वतको अध्यक्षमा चौतारी निकट थापा विजयी


0
Shares

पर्वत । नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी हुनुभएको छ ।

बुधबार राति सम्पन्न अन्तिम मतपरिणाममा थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा २ मतको अन्तरमा विजयी हुनुभएको हो । थापाको पक्षमा २८ मत प्राप्त हुँदा तिवारीले २६ मत प्राप्त गर्नुभएको थियो । थापा प्रेस चौतारी निकट पत्रकार हुनुहुन्छ भने पराजित तिवारी प्रेस यूनियन निकट हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसि, सहसचिव समावेशीमा दिपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी हुनुभएको छ ।

त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गिताकुमारी शर्मा विजयी हुँदा खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज पौडेल र महेन्द्रबहादुुर जिसी विजयी हुनुभएको छ । दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजाती तर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल र रन्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी थापाले जिल्लाका कार्यक्रम श्रमजिवि पत्रकारहरुको हक हितका निम्ति निरन्तर सक्रिय भएर काम गर्ने बताउनुभयो । उहाँले जिल्ला सदरमुकाममा मात्र केन्द्रित नभइ सातै स्थानीय तहसम्म पनि पत्रकारहरूको पहुँच वृद्धि हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

निर्वाचित पदाधिकारीलाई बुधबार रातिनै निर्वाचन समितिले प्रमाणपत्र वितरण गरिसकेको निर्वाचन समिति संयोजक राजेन्द्र पहाडीले जानकारी दिनुभयो । पत्रकार महासंघ पर्वतमा ५४ जना सदस्य आबद्ध रहेका छन् ।