
काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि काठमाडौं विश्वविद्यालयले पुनः पठनपाठन अनलाइनमा केन्द्रित गर्ने भएको छ ।
विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरणका लागि भन्दै आजदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।
विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रम अनलाइनमार्फत नै पठनपाठन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्