
काठमाडौं । काठमाडौं उपत्यकासहित केही पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
स्थानीय वायु, पश्चिमी वायु र तल्लो वायुमण्डलीय न्यूनचापीय प्रणालीको प्रभावका कारण बेलुकी हल्का वषर्काको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोको तुलनामा केही कम भए पनि काठमाडौं उपत्यका लगायतका आसपासका जिल्लामा लागेको तुँवालो अझै हट्न सकेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार उपत्यकाको न्युनतम तापक्रम ११ डिग्री हुँदा दिउँसो बढेर २८ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्