
एजेन्सी । सुडान र डारफोरमा भएका हिंसात्मक घटनामा एक साताभित्र ८७ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार हतियारधारी समूहको श्रृंखलावद्ध आक्रमणका कारण सर्वसाधारण मारिएका हुन् ।
पश्चिमी डारफोरस्थित एल जेनिनामा विद्रोहीको आक्रमणमा एकै दिन ३७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमध्यमहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । हतियारधारीहरूले संयक्त राष्ट्रसंघका कर्मचारी र स्वास्थ्यकर्मी सवार सवारीसाधानमा पनि आगजनी गरेको समाचारमा उल्लेख छ ।
उनीहरुले सर्वसाधारणका आवास तथा निजी सम्पतिहरु लाटपाट तथा आगजनी गरेका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ । तर, विद्रोहीका हिंसात्मक गतिविधिका कारण सर्वसाधारण त्रसित भएको छ ।
यसअघि सन् २०१९ मा पनि सुडान र डारफोरमा विद्रोहीले राष्ट्रसंघी कार्यालयहरूमा समेत आक्रमण गरेका थिए । पछिल्ला वर्षहरूमा विद्रोहीका गतिविधि बढ्न थालेपछि विस्थापित हुने सर्वसाधारणको संख्या बढ्दै गएकाले विभिन्न दातृ निकायहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्