
चितवन । नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण प्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारी प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
खसेको २६६ मतमा अधिकारीले १४६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी तिलक रिमालले ११२ मत प्राप्त गर्नुभयो । उहाँ प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहनुभएको थियो । स्वतन्त्रपूर्वक अध्यक्षमा उम्मेदवार दिनुभएका सूर्य प्रकाश कडेँलले ४ मत प्राप्त गर्नुभयो ।
कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवालीले १३० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मत मात्र ल्याउनुभयो । उपाध्यक्ष महिलामा प्रमिता ढकाल १४१ मत सहित विजयी हुनुभयो ।
सचिवमा दिपेन्द्र अधिकारी, समावेशी सह–सचिवमा उर्गेन, सह–सचिव खुल्लामा आनन्द पोख्रेल विजयी हुनुभयो । कोषाध्यक्षमा राजेन्द्र आचार्य विजयी हुँदा महिला सदस्यमा शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यमा तुलमान गुरुङ, वसन्त ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, वविलाल तामाङ, समीक्षा पुरी र ज्ञानेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । सरिता महतो शाह यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्