१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको देशभर मत गणना जारी छ ।

नयाँ नेतृत्व चयनका लागि तीन जनाले अध्यक्ष पदका लागि उमेद्वारी दिएका छन् । विभिन्न प्यानल बनाएर निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बढाथोकी चुनावी मैदानमा रहनुभएको छ । प्रदेश तथा जिल्ला, एसोसिएट र प्रतिष्ठान शाखका केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भइसकेका छन् भने मतदान भएका स्थानहरूको नतिजा आउने क्रम पनि सुरु भएको छ ।

पत्रकार महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनले तय गरेको निर्वाचनको मिति अनुसार बुधबार नेतृत्व चयनका लागि मुलुकभर निर्वाचन भएको हो ।

महासंघको कूल ४९ पदाधिकारीका लागि १४५ जनाको उमेद्वारी परेको छ । यस वर्ष निर्वाचनमा १३ हजार एक सय २२ जना मतदाता सहभागी भएका छन् । नयाँ व्यवस्था अनुसार प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ । सातै प्रदेशमा बेग्लाबेग्लै मतदान भएको छ ।

यस्तै सात प्रदेशबाहेक काठमाडौं उपत्यकाका तीन जिल्ला समेटेर उपत्यका प्रदेश बनाइएको छ । यी तीन जिल्ला बाहेकका बागमती प्रदेशका जिल्ला समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएटहरुलाई पनि प्रदेशस्तरकै मान्यता दिइएको छ ।