
काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिहीबार नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसन भिड्दैछन् ।
प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तथा मच्छिन्द्र क्लबलाई पाखा लगाउँदै अफ्रिकन रुट सेमिफाइनलमा पुगेका हुन् ।
बिहीबारको सेमिफाइनल खेलको विजेताले शनिबार हुने फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई २–० ले हराउँदै संकटा क्लब फाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्