
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोही समयमा त्यहाँका ६० हजार मानिस अस्पतालबाट घर फर्कँदा ६ सय ८५ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट १ लाख ६६ हजार ८ सय ६२ जनाको मृत्यु भइसकेको छ । अहिले देशभर ९ लाख १० हजार भन्दा बढी सक्रिय संक्रमित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्