
अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखामा अशोक खनाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ ।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल प्रगतिशिल पत्रकार संघ नेपाल, प्रेस चौतारी (नेपाल–खनाल समूह) जन पत्रकार संघको पत्रकारहरूको संयुक्त प्यानल विजयी भएको हो ।
संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।
अर्घाखाँचीमा १ सय २६ मतदाता रहेकोमा एक सय १६ मत खसेकोमा एक मत बदर भएको थियो । केन्द्रमा भएको समीकरण अनुरुप अर्घाखाँची जिल्ला प्रेस चौतारी नेपाल ओली पक्ष एक्लै चुनावी मैदानमा थियो ।
प्रतिक्रिया दिनुहोस्